शनिबार, बैशाख १५, २०८१

पत्रकार झालाइ विकास पत्रकारिता सम्मान

काठमाडौ फागुन ५ ,संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले अधिकारीले विकास पत्रकारिताले समाज सुधारमा गहिरो निगरानी गर्न सक्ने क्षमता राख्ने बताउनु भएको छ । विकास पत्रकार मञ्चको प्रथम बार्षिकोत्सव अवसरमा आयोजित विकास पत्रकारिता सम्मान समर्पण कार्यक्रमलाइ सम्बेधन गर्दै उहाँले DSC_0114[1]सञ्चारविना विकास सम्भव नभएको जनाउँ दिदै विकास सबैलाई आवश्यक छ तर विकासका समाचार हेर्ने, सुन्ने तथा पढ्ने नागरिक चाहना कम छ, त्यसैले यस प्रकारका समाचारको लेखन, प्रस्तुतिजस्ता विषयमा सबैको चासो पुग्नु आवश्यक रहेको बताउँनु भएको छ ।

साथै उहाँले त्यस अवसरमा विकास पत्रकारिताको क्षेत्रमा योगदान पु-याउनुका साथै विकास पत्रकारितालाई सुरुदेखि नै अभियानका रुपमा सञ्चालन गर्दै आउनुभएकोमा सोको योगदान स्वरुप नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान–२०७३’ द्वारा सम्मानित समेत गर्नु भएको थियो ।
कार्यक्रममा सम्मानित पूर्व सभापति झाले आफूले विकास पत्रकारिताबिना विकास सम्भव नभएको कुरालाई सुरुदेखि नै उठाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने त्यस्तै प्रेस काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्की र संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाँलले नेपालको पत्रकारिता परिस्कृत हुँदै गएको छ, केही समय अघिसम्म पत्रकारले सबै विषयमा जानकारी राख्नु पर्छ भन्ने थियो अव कुनै एक विशेष क्षेत्रमा समाचार लेख्नु पर्छ, नत्र समाचारको गहिराई प्राप्त हुन नसक्ने तर्क गर्नु भएको उक्त कार्यक्रममा जिल्ला विकास समिति काठमाडौंका स्थानीय विकास अधिकारी गोपालप्रसाद अधिकारी, नगरपालिकाका कार्यकारी सचिव कलानिधि देवकोटालगायतका बक्ताले सरकार र नागरिकवीच आपसी विश्वाशको वातावरण तयार गर्न पत्रकारले भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो ।