शुक्रबार, चैत्र १६, २०८०

यसरी सुरु भयो भ्यालेन्टाइन्स डे

जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे ।

काठमाडौं फागुन ३,  इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा तत्कलिन राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको दिईएको र उनकै सम्झनामा प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे St-Valentine-Kneeling-In-Supplicationमनाउने परम्परका सुरुवात भएको हो। जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे ।

शासकहरु क्रुर हुन्छन र उनीहरु आफ्नो फाइदाको लागि जस्तोसुकै कार्य गर्न पनि पछी पर्दैनन् । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन । न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध गर्ने कसले रु यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । भ्यालेन्टाइनको समर्थकहरु पनि मानवता प्रेमी, कर्मठ युवा युवतीहरुको संख्या पनि व्यापक थियो । किनकि उनको शिक्षा प्रेम र भाइचारासंग सम्बन्धित थियो । उनि प्रेमलाई पुजाको रुपमा हेर्दथे ।

तर राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबैलाई सैनिकमा भर्ति हुन र विवाह र प्रेम गर्न नै प्रतिबन्ध लागेपछि कयौं युवाहरु घरभित्र नै लुकेर बस्न बाध्य भए । यस्तोमा प्रेमका पुजारी भ्यालेन्टाइनले भने यसको बिरुद्धमा जाने निर्णय गरे । उनले राजाको बिरोध गर्ने विचार गरे उनको नजरमा प्रेम र विवाह भनेको पवित्र बन्धन थियो । जसलाई निषेध गर्नु उनको दृष्टिकोणमा गलत थियो । यसैले भ्यालेन्टाइनले गुप्त रुपमा प्रेमी जोडीहरुको विवाह गराईदिन थाले । उनले राजाको कदमको बिरोध स्वरूप यस्तो विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए । यस्तो विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन ।

राम्रो काम गर्नेको मित्रसंगै शत्रु पनि बढ्छन । उनमा पनि यहि कुरा लागु भयो । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाए । तर भ्यालेन्टाइन अलिकति पनि डगमगाएनन किनकि उनको नजरमा उनले गल्ति वा पाप गरेकै थिएनन । उनले त केवल दुइ आत्माको मिलनमा सहयोग गरेका थिए ।  क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउंथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन । त्यसैले फेब्रुअरी १४लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डेको रुपमा मनाउन थालिएको हो । हो नेपालमा पनि रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाईरहेका छन ।