शुक्रबार, बैशाख १४, २०८१

निःशुल्क कानुनी सेवाका लागि साथी अभियानको घोषणा

कार्यबाहक राजदुत सहित संघसंस्था र समाजसेवीलाई सम्मान

काठमाडौं पौष २४ , वैदेशिक रोजगारका क्रममा पीडित भएकाहरुलाई निःशुल्क कानुनी सहयोग र परमार्श दिन ने्पाली साझा मंचले “साथी अभियान” संचालनमा ल्याएको घोषणा गर्दै साउदी अरबमा रहेका पाँच दर्जनबढी समाजसेवी र संघसंस्थाहरुलाई सम्मान गरेको छ । मंचको प्रथम वार्षिकोत्वसवको अवसरमा साउदी fb_img_1483770879959 fb_img_1483770893138 fb_img_1483771207785 fb_img_1483772895735अरबको जुबैलमा आयोजित एक कार्यक्रममा सो घोषणा र सम्मान कार्यक्रम गरिएको हो । संस्थाका संरक्षक तथा अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठले साथी अभियान मार्फत पीडित र तीनका परिवारहरुलाई न्याय र राहत दिलाउन आवश्यक कानुनी सहयोग र परामर्श दिने जानकारी दिदै सो अभियान संचालनका लागि सरस्वती भट्टको संयोजकत्वमा विज्ञ कानुन व्यवसायी र समाजसेवीहरु सम्मिलित समिति गठन गरिएको बताए ।

काठमाडौको तीनकुने स्थित मंचकोे केन्द्रिय कार्यालयबाट साथी अभियानको सेवा प्रारम्भ गरिएको छ । यस अभियान अन्तर्गत निमुखा असहाय नेपालीहरुलाई पनि सेवा दिईने उद्देश्य रहेको छ । संस्थाकी सचिव सरस्वती भट्टको संयोजकत्वमा रहेको सो साथी अभियानमा जगनाथ घिमिरे, संजय प्रसाई, शेषरमान तामांग, अम्बिकादेवी भट्टराई र चन्द्रकला घिमिरे सदस्य रहेका छन् ।  वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीहरुले एक वर्ष अघि जनवरी ५ मा सामाजिक संजाल फेसबुक मार्फत स्थापना गरेको यस संस्थाले प्रथम वार्षिकोत्सवको अवसरमा साउदी अरबका विभिन्न स्थानमा कार्यरत संघसंस्था, समाजसेवी र नेपाली कुटनैतिक नियोगका कर्मचारीहरुलाई समेतलाइ सम्मान गरेका् छ ।

अन्तर्राष्ट्रिय अभियन्ता तथा कार्यक्रम संयोजक कृष्ण पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका श्रमसहचारी अधिकारीले साथी अभियानले पीडितहरुलाई सेवा दिन सफल भए वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनिकरण हुने अपेक्षा गर्नु हुँदै संस्थाले स्वदेशमै नेपालीहरुलाई स्वरोजगार बनाउने अभियान थालनी गर्न पनि आग्रह गरे । एनआरएनका संरक्षक पुरुषोत्तम दास श्रेष्ठले आफू संस्थाको “देशका लागि केहि त गरौ १” को नारा र अभियानबाट प्रभावित भएको चर्चा गर्दै नेपाली साझा मंच जस्ता संस्थाहरुको विकास हुन सके देशमा पक्कै परिवर्तन आउने विश्वास व्यक्त गर्नुभएबो प्रप्त समाचारकम उख्खेख गरिएको छ । कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष रामकृष्ण घिमिरेले नेपाली साझा मंचलाई सबैको साझा बनाउन आफूहरु प्रतिबद्ध भएर लागि परेको जानकारी गराउदै आफ्नो संस्थाको ढोका सबैका लागि खुल्ला रहेको बताए ।

त्यस्तै मंचले साउदी अरबका लागि १७ सदस्यीय राष्ट्रिय समन्वय समिति पनि गठन गरेको छ । उक्त समितिको संयोजकमा कृष्ण पुुरी, उपसंयोजकमा अजनीकुमार अधिकारी र सदस्यहरुमा देवेन्द्र सुवेदी, नवराज काफ्ले, तेजुकुमार श्रेष्ठ, जिके क्षेत्री, विष्णु घिमिरे, अकल प्रधान, भोजकुमार कार्की, गोविन्द चौहान रहेका छन् । बाँकी ७ सदस्य आगामी बैठकले पुर्ति गर्ने निर्णय गरेको छ । समितिको सल्लाहकारमा हरि घिमिरे, रामकृष्ण घिमिरे, भक्त हमाल, विदुर पौडेल र श्री यावा लिम्बू रहेका छन् । संरक्षकमा महेश श्रेष्ठलाई चयन गरेको छ ।