शुक्रबार, बैशाख १४, २०८१

गर्भनरसाब , जनता ब्ल्याकमा डलर किन्न वाध्य छन्

भुपेन्द्र आचार्य पौष २९,  कस्तो देश विदेश जादा दिइने २५०० सय डलर नेपालका बैंक र वित्तिय कम्पनीमा पाइदैन कहाँ गयो डलर किन दिदैनन् बैंकका कर्मचारी सर्वसाधारण जनताका छोरा छोरीलाई डलर ? विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले डलर नपाएर मनी ट्रास्फर कम्पनीका एजेन्टसँग महंगो रकम तिरी लिएका घटना हाम्रा सामु प्रसस्त छन् ।  नेपाल राष्ट्र बैंकमा डलर माग्न भीसा भएको पासर्पोट लिएर गए पनि पावर नभएका र चिनजान नभएकाले पाउदैनन् डलर Dr_Chiranjibi_Nepal_(1)[1]पाउन गर्भनर, डिपुटी गर्भनरको आदेश चाहिन्छ रे । यो कस्तो देश हो । अर्थमन्त्री के हेरीबसेका छन् । डलर पाउने जनताको अधिकार हो कि होइन ?

एनसेल कम्पनीलाई रातारात चोेरवाटोबाट ८ अर्ब डलर लैजाने दिने गर्मनर डा. चिरञ्जीवी नेपालले डलर ल्याउने काम गर्न सक्दैनन भने पद छाड्नु पर्दछ कि पदैन ? दिन जान्नेले ल्याउन नजान्नको के काम छन ? बैंक र वित्तिय संस्थालाई साप्ताकिरुपमा ५÷६ हजार डलर दिइने राष्ट्र बैंकले नेता, पावरवाला, उच्च पदस्त कर्मचारीका आफन्तलाई भित्रीरुपमा जति पनि डलर दिएको खुलासा भएको छ । भने बैंकहरु भनिरहेका छन्ः– डलर कार्ड लिएर विदेश जानुहोस् ‘एटिएम कार्ड’वाट विदेशमा समस्या भए त्यसको जिम्मा बैंकहरुले लिने कि नलिने यसको उत्तर छैन बैंकसँग ।

पैसाले किनेर लैजाने विदेशी मुद्रा समेत सहज गर्न नसक्ने राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पदमा बसी रहनुको औचित्य अब छैन । राजीनामा दिए हुन्छ । अर्थमन्त्री के हेरिबसेका छन् गर्भनर डा. नेपाललाई किन स्पष्टिकरण माग्दैनन् । जनताका छोरा छोरीलाई डलर उपलब्ध गराउने दायित्व राज्यको हो कि होइन ?जनताको करवाट तलब भत्ता राष्ट्र बैंकका खाने गर्भनर, बोर्डको सदस्य, डिपुटी गर्भनरहरुको दायित्व डलर सहज गराउने हो कि होइन ?
कहिले सुन हाहाकार बनाउने राष्ट्र बैंक अहिले डलर अभाव भनिरहेको छ । भने जनता महंगोमा त्यो पनि ब्ल्याकमा डलर किन्न वाध्य छन् । तर गर्भनर साब भनीरहेका छन् । हामी सिंगापुरबाट ल्याउदै छौं । गर्भनर साब तपाईलाई तिर्खा लागेको बेला पानी चाहिन्छ । वियरले हुदैन । यस्तै हो भीसा लिएर पढ्न जानेलाई समयमा डलर नदिए के काम ?

सुमार्गीको ११ अर्ब रोक्ने र एनसेलको ८ अर्ब चोरबाटोबाट दिने गर्भनर साबलाई कसले छुने जे गरे पनि छुट यसको खोजी अब नेपाली जनताले गर्ने बेला भएको छ । गर्भनर डा. चिरञ्जीवी नेपाल र डिपुटी गर्भनरलाई बैंकको कार्यक्रमको रिबन काट्ने फुर्सद समेत छैन यी महारथीले जनताका समस्या बुझने त कुरै छैन दिनभरी रिवन काट्ने बेलुका भएपछि फाइभ स्टारमा हुस्की पिउन पुग्ने यी पात्रको कुरा गर्नु भन्दा नगर्नु नै बेश होला नि होइन ?  जे भए पनि विदेश पढ्न जाने विद्यार्थीको लागि त डलर दिऊ । काम गर्न जानेले त गएर कम्पनीमा खान पाउँलान् तर पढ्न जानेले के गर्ने ? श्रीमान गर्भनर साब ? यदि होइन भने गोरुले गाई ओगटे झै गरि राष्ट्र बैंकमा नबस राजीनामा दिएर घरै बसे बेस । जनताको सेवा गर्न गएकाले सेवा दिने हो रमिते भएर बस्ने होइन । राष्ट्र बैंक गर्भनरको पेवा होइन जनताको पैसाबाट तलब भत्ता खाने अनि जनताको काम गर्न नसक्ने हो भने यसको औचित्य रहन्न ।