सोमवार, बैशाख २४, २०८१

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने बनमन्त्री भण्डारीको प्रतिवद्धता

काठमाडौ मार्ग २७,  बन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले आफ्नो पार्टीले नेपाल धर्मनिरपेक्ष र सापेक्षको सवालम जबरजस्ती अन्तरिम संविधानमा captureधर्मनिरपेक्ष शब्द घुसाईएका कारण यसको निरुपणको लागि जनमतसंग्रहको विकल्प नभएको बताउँनु भएको छ ।

 राजधानीमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भण्डारीले भने पार्टीभित्र हिन्दुराष्ट्रकोबारेमा सशक्त रुपमा बहस बढिरहेको छ, खुमबहादुर खड्काजीले त्यसको नेतृत्व गरिरहनुभएको छ, उहाँको त्यो अडान र बहसले गर्दा पार्टीलाई हिन्दूराष्ट्रको पक्षमा हिँड्नलाई सहज भएको छ त्यसमाथि पनि ।’ प्रस्तुत विषयमा पार्टीले मुलुक धर्म निरपेक्ष वा सापेक्ष् के हुने भन्ने सवालमा अहिलेसम्म कुनैपनि आधिकारिक निर्णय नै नगरेको जनाउ दिएका छन।

साथै उहाँले काँग्रेस हिन्दूराष्ट्रको पक्षमा जानुको विकल्प नभएको बताउँदै भने,‘हिन्दूराष्ट्रमा जाँदा नै पार्टीलाई हित हुन्छ, फाईदा छ, यसको लागि अब काँग्रेसले पहल गर्छ, नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै मुलुकका प्रमुख दलहरु यससम्बन्धमा बेलैमा सचेत हुन आवश्यक रहेको बताए ।