शनिबार, बैशाख १५, २०८१

नायिका अशिश्मालाइ कस्को प्रेमरोग लाग्यो (भिडियो सहित)

काठमाडौं पौष ५ ,  नायिका अशिश्मा नकर्मी युबापुस्तामा रुचाईएकी नायिका हुन । अत्यस्तै मिलनसार नायिकाको ट्याग लागेकी अशिश्मा नकर्मी यतिबेला एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । नवगायक गोपाल रिसालले ’लाग्यो प्रेम रोग’ नामक गीतको म्युजिक भिडियोमा उनी देखिएकी हुन ।

भिडियोमा मोडेल दिपकले नायिका अशिश्मालाई प्रेमजालमा फसाउन गरिएको प्रयासलाई रोमान्टिक कमेडी ढंगबाट देखाउन खोजिएको छ । दिनेश सुबेदीको शब्द राज शुक्र लिम्बुको संगीत , बाबुल गिरीको संगीत सम्योजन मा तयार भएको गीतमा अशिश्मा नकर्मी , दिपक तामाङलाई देख्न सकिन्छ । अमृत सुनुवारको छायांकनमा माधव बेल्बासेमा सम्पादन गरेको भिडियोलाई संचारकर्मी तथा निर्देशक नब ढुंगेलले निर्देशन गरेका हुन । निर्देशक ढुङेल पछील्लो समय सफल म्युजिक भिडियो निर्देशनमा चर्चित छन । ४ गर्जन म्युजिक भिडियो तथा आधा दर्जन बिज्ञापन निर्देशन गरिसकेका उनी आर्टिस्टनेपाल डट कमका  सम्पादक पनि हुन । आर्टिस्ट नेपालले बजारमा ल्याएको यस् गीत तथा भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको हो ।