शुक्रबार, बैशाख १४, २०८१

सम्पदाको मन कता अल्झियो ?

काठमाडौं पौष १४, नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङको मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।

२००६ देखिनै अमेरिका बसोबास गर्दै आउनुभएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत मेरो मनुको भिडियोबाट धेरै आशाबादी छिन् । एनबि दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।

नेपाली कलाकारसँग सम्बन्धित संस्था आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतको आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने सञ्चारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।