शुक्रबार, बैशाख १४, २०८१

ट्रकलाई उछिन्न खोज्दा जिप दुर्घटना: छानविन समिति

काठमाडौ मार्ग २३ पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनोका छानविन गर्न सरकारद्दारा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले घटनाको आवश्यक छानविनपछिको प्रतिवेदन आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।  images-3प्रतिवेदनमा पूर्वमन्त्री घिमिरेको आश्विन ९ गते चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटना आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा दुर्घटना भएको निष्कर्षको पहिचान गरिएको छ ।

त्यस्तै समितिले पूर्वमन्त्री घिमिरेले जिप आफैँले चलाउनुभएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रस्तुत प्रतिवेदनमा उल्लेख गर्दै  जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको र त्यसक्रममा  पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ सम्म नलगाएको अनुमानसमेत गरिएको छ ।

दुर्घटना भएको दुर्घटनाको क्षेत्र आफैमा बढि दुर्घटना हुने क्षेत्रको रुपमा पहिचान गरिएको र दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको उल्लेख गरिएको छ ।  स्मरण रहोस जिपमा सवार ७ मध्ये चालक राई मात्रै बाँच्नुभएको थियो । पूर्वमन्त्री घिमिरेसहित उहाँका आमा, दुई भाइको मृत्यु भएको थियो ।