शुक्रबार, चैत्र १६, २०८०

अवरुद्ध संसद बैठक सुचारुको लागि सभामुखको सक्रियता , प्रमुख दलका शिर्ष नेतृत्वसंग छलफल

काठमाडौ मार्ग २३ व्यवस्थापिका संसदमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेयतादेखि प्रमुख प्रतिपक्षी एमालेका लगायतका दलले सुरु गरेको गतिरोधका कारण onsari-gharti-1अवरुद्ध हुदै आएको बैठक सुचारु गर्ने लक्ष्य अनुरुप सभामुख ओनसरी घर्तीले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा केपी ओलीसँग आज छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उहाँहवीचको छलफलमा ससद बैठक सञ्चालन एवम ठाँती रहेको महाभियोगको मुद्धा मा केन्द्रीत रहेको बुझिएको छ ।  त्यस्तै छलफलमा काँग्रेस सभापति देउवाले संसदमा दर्ता भएको विधेयकमा सहमति सहित गरिनुपर्नेमा जोड दिनु भएको थियो भने एमाले अध्यक्ष ओलीले दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुने जनाउ दिनु भएको थियो । यसैवीच शुक्रवार सभामुख घर्तीले प्रस्तावित प्रसंगमा प्रधानमन्त्री प्रचण्डसंग पनि छलफल गर्ने भएको छ ।