मङ्लबार, बैशाख २५, २०८१

सिराहाका महासंघ नेतृत्वको विषयमा छानविन सहित पत्रकार थपलियालाई रिहा गर्न माग

काठमाडौं मार्ग १०, सिराहाका बरिष्ठ पत्रकार एवम् अनुकल्प दैनिकका सम्पादक तथा अधिकारकर्मी अर्जुन थपलियालाई समाचार लेखेको विषयमा व्यक्तिगत रिसइवी साँधी प्रहरीले साइवर अपराध अन्तर्गत पक्राउ गरि मुद्धा चलाएको बिषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

arjun-thapaliya-arrest-2073-8-10-1युनियनका महासचिव अजय वावुशिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा सिराहामा कार्यरत तत्कालिन एक प्रहरी अधिकारीले दुख दिने नियत राखी नेपाल पत्रकार महासंघको सिराहाको नेतृत्वलाई नै प्रयोग गरि उजुरी हाल्न लगाइ मार्ग ७ गते पत्रिकाको कार्यालयबाट आफ्नो घर जाने क्रममा बाटोबाटै सम्पादक थपलियालाइ पक्राउ गरि साइवर अपराधमा मुद्धा चलाउन काठमाडौं चलान गरिएको बिषयले हामीलाई गम्भिर बनाएको उल्लेख गरिएको छ ।

नेपालमा पत्रकारको भौतिक र पेशागत सुरक्षाको विषय पटकपटक उठिरहेको बेलामा जिम्मेवार अधिकारीहरुबाट भएको प्रस्तुत घटनाको निन्दा गर्दै घटनामा जोडिएका प्रहरी अधिकारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग माग गर्दछौ । पत्रकारलाई जेल हाल्न उद्यत हुने सिराहाका महासंघ नेतृत्वको विषयमा पनि छानविन गर्न महासंघको केन्द्रीय नेतृत्वसँग माग गर्नुको अलावा पत्रकार थपलियालाई ससम्मान रिहा गर्न युनियनले सरकारसँग जोडदार माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031