आइतवार, जेष्ठ ६, २०८१

प्रेस युनियनद्वारा आइएफजेका पदाधिकारीलाइ सम्मान

काठमाडौ मार्ग ९, नेपाल प्रेस युनियनले आज काठमाडौँमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) का उपाध्यक्ष सविना इन्द्रजीत र महासचिव यान्थिनो 15085519_10208151952051707_3936755137919246263_nभलनोगरको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको  छ ।
सम्मान कार्यक्रममा उपाध्यक्ष इन्द्रजीतले नेपालको पत्रकारिता राजनीतिकरणतर्फ उन्मुख भएकामा चिन्ता व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटीले नेपाली सञ्चारकर्मीको अवस्था र भूमिकाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।