मङ्लबार, जेष्ठ १, २०८१

पत्रकार थपलियालाई रिहा गर्न माग

काठमाडौं मार्ग ९ , नेपाल पत्रकार महासंघले सिरहको गोलबजारबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मार्ग ७ गते राति प्रहरीले पक्राउ गरी आज म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा हिरासतमा राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सचिव धुव्र release-9-mansirलम्सालद्दारा आज जारी विज्ञप्तिमा पत्रिकामा प्रकाशित विषयलाई समाजिक सञ्जालमा पोष्ट भई टिप्पणी गरेको विषयलाई लिएर विद्युतीय कारोबारसम्बन्धी ऐन आकर्षित गरेर सम्पादक थपलियालाई पक्राउ गरिनु ऐनको दुरुपयोगमात्र नभई स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको जनाउँदै महासंघले पत्रकार थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ ।

 यसैवीच  प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले पनि आज  एक वित्रप्ति जारी गर्दै   मिडियामा  प्रकाशित समाचार सामाग्रीबाट पत्रकार आचार सहिता उलङघन भएको  भए यसको उजुरी सुन्ने  र कारवाही गर्ने निकाय  प्रस काउन्सिलेपाल भएको  भन्दै  समाजिक सञ्जालमा  पोष्ट भएको सामाग्रीलाइ आधार बनाउँदै   विधुतिय कारोवार ऐन  प्रयोग गरि पत्रकारलाइ पक्राउ निन्दनीय भएको  उल्लेख गरेका छन ।  साथै  विज्ञप्तिमा पक्राउ  गरिएका  सम्पादक थपलियालाई  तत्काल रिहा गर्न माग गरेको छ ।

यसैगरी समाचार संकलनको क्रममा नागरिक दैनिकका सिरहा सम्वाददाता मिथिलेश यादवलाई मार्ग ६ गते दुव्र्यवहार गर्नुका साथै मोबाइल फुटाइ दिएको घटनाप्रति पनि महासंघले आपत्ती प्रकट गरेको छ ।  जारी विज्ञप्तिमा महासंघको सिरहा शाखालाइ उदृत गर्दै महासंघले पत्रकार यादवलाई लहानस्थित लिला मदन पोली क्लिनिकमा दुई पक्षबीच भइरहेको विवादको समाचार संकलन गर्ने क्रममा दुव्र्यवहार गर्दै मोबाइलसमेत फुटाइदिएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी यथार्थ पहिचान र दोषीमाथि कारबाहीको माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031