बिहिबार, बैशाख २०, २०८१

सचिवद्वय साहविरुद्ध मुद्धा दायर

काठमाडौ मार्ग १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गर्ने गाविस सचिवद्वय रामेश्वरप्रसाद साह र मनोजकुमार साहविरुद्ध मुद्धा दायर गरेको छ ।  सचिवद्वयले पर्साको अलौ गाविसमा रहँदा विभिन्न आर्थिक वर्षमा विनियोजित सामाजिक सुरक्षाभत्तालगायत विभिन्न सरकारी रकम हिनामिना गरी भ्रष्टाचार anup_20160320_98गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा सचिव रामेश्वरप्रसाद साहलाई रु ३० लाख ३९ हजार एक सय ८२ र सचिव मनोजकुमार साहलाई रु ७८ हजार बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।