बिहिबार, बैशाख १३, २०८१

संशोधन विधेयकप्रति माओवादी केन्द्र भित्रैनै तिव्र असहमति, प्रस्ताव असफल बनाउने नेता रायमाझीको चेतावनी

काठमाडौ मार्ग १५,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनका लागि भाषा, नागरिकता, top-bahadur-rayamajhi-club-final-final_417853389-358x300प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा नितिगत निर्णय सहित संविधानमा संशोधनका लागि प्रस्ताव गर्ने निर्णय गर्दै हिजै दर्ता गराएको संविधानमा संशोधन विधेयकको सवालमा सत्तारुढदल माओवादी केन्द्र भित्रैनै तिव्र असहमतिका लहर सिर्जना हुन थालेको छ ।

केन्द्रका वरिष्ठ नेता टोपबहादुुर रायमाझीले आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बोल्दै आफु प्रदेश ५ टुुक्रयाउने संविधान संशोधनको पक्षमा उभिन नसक्ने जनाउ दिदै प्रधानमन्त्री प्रचण्डले ल्याएको प्रस्ताव असफल बनाउने चेतावनी दिनु भएको छ ।   साथै नेता रायमाझिले कुराकानीको क्रममा प्रस्तुत संशोधनको प्रस्ताव माओवादीको केन्द्रको नभई प्रधानमन्त्री प्रचण्डको मात्रै भएको दावी गर्दै आफु पार्टीले कारवाही गरेपनि प्रस्तावको विपक्षमा उभिने घोषणा गरेका छन । यसअघि बसकोको पार्टीको पालिटव्युरो बैठकमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको संविधान संशोधन प्रस्तावमा ५ नम्वर प्रदेश टुक्राउने विषयमा रायमाझीले नोट अफ डिसेन्ट लेखेको थियो ।