शनिबार, बैशाख १५, २०८१

राजधानीको गहनापोखरीमा भव्यता पूर्वक छठ पर्व मनाइने

काठमाडौ कात्तिक २० , षष्ठी भगवतीको पूजा अर्चना सहित पुत्र, पति र परिवारको आरोग्यएवम् कल्याणको कामना गर्दै छठ पर्व नेपाल र भारतमा हिन्दूहरूले 14958267_10205500380267595_423352516_n 14958407_10205500372987413_1676972540_nमनाउने एक महत्वपूर्ण चाड हो। नेपालमा पनि विशेषत मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने यो पर्व अहिले काठमाडौमा पनि भव्यतापूर्वक मनाउँने गरिन्छ । राजधानीको शंखमुल गौरीघाट टंङकेश्वर रानीपोखरी लगायतका क्षेत्रमा मनाइने । प्रस्तुत पर्वमा व्रतालु र दर्शनार्थीको ठूलो घुइचो लाग्ने गर्दछ ।

षष्ठी भगवतीको व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन रहेको छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गर्ने गरिन्छ । यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुँदै पर्व बिधिबत मनाउँदै आएके छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।  त्यस्तै उपत्यका वाहिर अर्थात महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, बिग्ही, रातो मरहा, जङ्गहा, नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाउने चलन रहेको छ ।

यसैक्रममा गत वर्ष को महाभूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरीको पुननिर्माण सम्पन्न हुन नसकेका कारण नेपाल हिन्दू धर्म संरक्षण मञ्च तथा विश्व हिन्दू सेना नेपालको संयुक्त आयोजना एवम् त्रिशक्ति युवा क्लबको सहयोगमा राजधानीको गहनापोखरी परिसरमा छठ पर्व मनाइने भएको छ । मञ्चले आज गहनापोखरीमा पत्रकार सम्मेलन गरी उक्त पर्व मनाउन लागेको जानकारी दिएको हो । मञ्चका अध्यक्ष किशोरी महतोले हिन्दू धर्मसँग जोडिएको पर्व भएकै कारण मञ्चले छठ पर्वको कार्यक्रम आयोजना गरेको जनाउ दिनु भएको छ ।   साथै  पत्रकार सम्मेलनमा गहनापोखरी परिसरमा मनाइने छठ पर्वमा भारतबाट कृष्णदेवनन्द गिरीजी महाराज सूर्याचार्यको समेत उपस्थिती रहने जानकारी दिदै   विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीले छठपर्व मुलत धार्मिक एकता, भाइचारा र शान्तिको पर्याय हुने    बताए  । साथै उहाँले  छठपूजाको   दर्शन तथा पूजा अर्चनाको लागि विशिष्ट व्यक्तित्व समेतको सहभागिता रहने  बताए । त्यस्तै पर्वका अवसरमा   मञ्चले आइतबार बिहान ८ बजे मोटरसाइकल -याली, ९ बजे बाजागाजासहित सांस्कृतिक झाँकी, अपराह्न ५ बजे अस्ताउँदो सूर्यको पुजा र सोमबार बिहान उदाउँदो सूर्यलाई पुजा गरेर कार्यक्रम समापन गरिने जानकारी दिईएको छ ।