बिहिबार, बैशाख २०, २०८१

म्याद तामेली प्रकरण : अ.दु.अ.आ.का निलम्बित प्रमुख कार्की लिखित जवाफ लिएर सर्वोच्चमा

सरकारी निवासमा बस्दै आएको जान्दा जान्दै पनि निजी निवानसमा म्याद बुझाउँनु पूर्वाग्रही भएको कार्कीको जिकिर

काठमाडौ कात्तिक ३०,  सर्वोच्चको म्याद तामेलीमा अवरोध पु-याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालद्दारा दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतद्दारा जारी पछिल्ले आदेश अनुरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफै उपस्थित भएर अदालतमा आज लिखित lokman-man-singh-karki-400x250जवाफ पेस गरेका छन ।  सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले गत कार्तिक २३ गते निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको दिएको थियो ।

निलम्बित प्रमुख कार्कीको आज पेश गरेको लिखित जवाफमा ३ वर्षदेखि आफूसहित सपरिवार सरकारी निवासमा बस्दै आएको जान्दा जान्दै पनि विपक्षीले पूर्वाग्रही पूर्वक पुरानोबानेश्वरस्थित भाडामा दिएको निजी निवनसमा म्याद बुझाउँनु भनेको दुरासय भएको उल्लेख गर्दै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख गरेका छन ।   यसैवीच अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका सही नहकुल गौतमले पनि आज सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गर्दै प्रस्तुत प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेर मात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे जिकिर गरेका छन ।