शुक्रबार, बैशाख २१, २०८१

मार्ग ६ मा राप्रपा–राप्रपा नेपालवीच एकीकरण हुँदै

काठमाडौ कात्तिक ३०,  राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिर ६ गते पार्टी एकिरकण हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते पार्टी एकिरकणको घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गर्दै पार्टी एकिरकण capture444पछि र्नुभएको छ । बलियो राष्ट्रवादी÷ प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्र र राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र नेपाल निर्माणको लक्ष्यलाइ मुर्तता प्रदान गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल वीच हुने भनिएको एकता हाँती आयो हाँती फुस्सा भएको छ । पार्टी एकताको लागि मिति समेत घोषणा भइसकेको अवस्थामा पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता प्रक्रिया पूर्वनै सरकारमा जाने निर्णय गर्दै सरकारमा आफ्ना प्रतिनिधी पठाएपछि चर्किएको विवादले एकता प्रक्रिया हाँती आयो हाँती फुस्सा भएको थियो । त्यसवेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाको प्रस्तुत निर्णय सहमति विपरित भएको जनाउ दिदै राप्रपासँगको एकीकरणको अध्याय एकता नभई अन्त्य भएको बताउँदै आयोजित एक कार्यक्रममा उहाँले दुवै पार्टीबीच आज हुने भनिएको एकीकरण राप्रपाको सत्तामोहका कारण हुन नसकेको जिकिर गर्नु भएको थियो ।

तर यसपटक भने विगतको जस्तो घटना नहुँने र एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन समेत भइसकेका कारण केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने लक्ष्य रहेको सम्वद्धस्रोतले जनाएको छ ।