काठमाडौ कात्तिक ३० ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु २ करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अऋितयारका अनुसार फुयाँलको सम्पत्ति छानबिन गर्दा स्रोत नखुलेको पाइएकाले मुद्दा दायर गर्नुपरेको जनाइएको छ । आयोगले फुयाँल सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७१ साल फागुनसम्मको सम्पत्ति छानबिन गरिएको जनाएको छ छने अर्का इन्जिनियर गम्भीरलाल श्रेष्ठले रु १ करोड २९ लाख ७४७ भ्रष्टाचार गरेको अभियोगमा आजैै मुद्दा दायर गरेको हो ।
आयोगद्दारा जारी विज्ञप्तिमा सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७१ माघसम्मको सम्पत्ति छानबिन गर्दा श्रेष्ठले आय गरेको वैध आम्दानीभन्दा अवैध आम्दानी बढी देखिएको जनाउँदै आयोगले सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि निजहरुले आर्जन गरेको रकम अवैध भएको जनाउँदै मुद्धा दायर गरेको जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।