शुक्रबार, बैशाख २१, २०८१

डायविटिज नियन्त्रणका लागि जनचेतना आवश्क रहेकोमा सरोकारवालाको जोड

ललितपुर कार्तिक ३०, नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवसको अवसरमा डायविटिज नेपाल र यूराशिया रेयूकाई नेपालद्दारा सोमवार डायविटिज रोगमा आखाँ anup_20161114_3 anup_20161114_4 anup_20161114_5 anup_20161114_7 anup_20161114_8 anup_20161114_9 anup_20161114_10 anup_20161114_11 anup_20161114_12 anup_20161114_13 anup_20161114_14 anup_20161114_15 anup_20161114_16 anup_20161114_17भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाएको छ ईन्सुलिनका आबिष्कारक फेडरिक ब्नटिड.को जन्म दिन पारेर मनाइने यो दिवसको क्रममा प्रभात फेरी र जनचेतना मूलक अन्तक्रिया ,कार्यपत्र प्रस्तुत साथै निशूल्क स्वाथ्य परिक्षण लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।
ललितपुर जिल्लाका बरिष्ठ प्रहरी प्रमुख पीताम्बर अधिकारीको प्रमुख आतिथ्यता एवम् डायविटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अधिकारीले मधुमेह रोग र रोगबाट हुने जटिलता र अपनाउनु पर्ने सचेतता सम्बन्धी जनचेतना जगाउन अति आवश्यक रहेको बताउँनु भएको थियो ।
त्यस्तै सभापति न्याछ्रयौले हाल विश्वमा मधुमेह रोग ४१५ मिलियन रोगि र नेपालमा १० लाख भन्दा बढी रोगी भएको आकंडा प्रस्तुत गर्नु भएको थियो भने डा.जया प्रधानले खानपान र मधुमेह सम्बन्धी बिस्ततृ रुपमा जानकारी गराउदै खानपान व्यबस्थापन गरेमा मधुमेह को जटिलता नियन्त्रण हुने बताउनु भएको थियो । े त्यस्तै कार्यक्रमा डा. राजेशध्वज जोशी, यूराशिया रेयूकाईका कार्यालय प्रमुख चक्र बहादुर चन्द,कैलाश प्रधान लगायत बक्ताहरुले मधुमेह रोग सम्बन्धि आफ्ना धारणा प्रस्तुत गर्नुको अलावा साहित्यकार एवम् कवि जनार्दन अधिकारीले मधेमेह सम्बन्धि जनचेतनामूलक गीत र कविता प्रस्तुत गर्नुभएको थियो ।