बुधबार, बैशाख १९, २०८१

पत्रकार न्यौपानेको निधन

काठमाडौ कात्तिक २०, आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवम् कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा आज साँझ captureनिधन भएको छ ।  मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार न्यौपानेको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय न्यौपानको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ । न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ ।  शोकको  यस घडीमा kantipurhotline.com को तर्फबाट स्वर्गीय न्यौपानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समबेदना व्यक्त गर्दछौं ।