बुधबार, जेष्ठ ९, २०८१

पत्रकार भट्टराईलाई पितृशोक, युनियनद्दारा शोक व्यक्त

काठमाडौं कात्तिक १९,  नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष प्रवल भट्टराईलाई पितृ शोक परेको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका ७५ prabal-bhattarai-father-sok-baktabya-2073-7-19वर्षीय पिता हरिहर शर्मा भट्टराईको बिहीबार आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि नसासम्बन्धी रोगबाट पिडित हुँदै आउनुभएका भट्टराईको बुधवार अचानक स्वास्थ्य विग्रिएको थियो ।  उपचारकै क्रममा स्थिति थप जटील बनेपछि भट्टराईकै अन्तिम इच्छा स्वरूप भक्तपुरस्थित निवासमै दसदान कर्म गरेको केहि समयमा उहाँको निधन भएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी द्दारा जारी शोक विज्ञप्त्मिा  उल्लेख  गरिएको छ।

त्यस्तै विज्ञप्तिमा शोकको घडीमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  शोकसन्तप्त प्रवल भट्टराई सहित सम्पूर्ण भट्टराई परिवारप्रति युनियनले समबेदना व्यक्त गरेको छ ।