बिहिबार, बैशाख २०, २०८१

सञ्चारकर्मी माथिको अभद्र व्यवहार प्रति महासंघद्दारा घोर भत्र्सना

 काठमाडौं कात्तिक १८ ,  छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीको ३ दिने नेपाल भ्रमणको खबरलाई जनता समक्ष पु-याउने उद्देश्य सहित समाचार संकलनमा खटेका संचारकर्मीहरुमाथि प्रहरी प्रशासनले गरेको धरपकडप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
fnj-logo-300x2461महासंघद्दारा आज जारी विज्ञप्तिमा आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारत्रय काठमाडौं शाखाका केन्द्रीय सभासद् तथा मेट्रो अनलाइन र युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का, पहिलोन्यूज डटकमका कार्यकारी सम्पादक मोहन वास्तोला र खबरडबली डटकमका सह–सम्पादक लोकराज जैशीलाई नियन्त्रणमा लिई प्रहरीले अभद्र व्यवहार गर्नुको अलावा खड्काको गिरफ्तारप्रति महासंघ घोर भत्र्सना गर्दै तत्काल रिहाईको माग गरेको छ ।
त्यस्तै महासंघले सुरक्षाका नाममा स्वतन्त्रतापूर्वक सञ्चारकर्मीहरुलाई गरिएको धरपकड र पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै सरकारको यस्ता कार्यलाई घोर निन्दा गरेको छ ।