शुक्रबार, बैशाख २१, २०८१

स्वास्थ्य उपचार कोषको सहयोगार्थ महासंघको देउसी

काठमाडौ कात्तिक  १५ , यमपञ्चक अर्थात् तिहारको चौथो दिन अर्थात गोवद्र्धनको पूजाको अवसर पारेर काठमाडौं पत्रकार महासंघले पत्रकार स्वास्थ्य उपचार कोषको सहयोगार्थ देउसी aaकार्यक्रमको आयोजना गरेको छ ।  कार्यक्रमको औपचारिक सुभारम्भ ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवासमा सूचन तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको निवासबाट गरेको थियो । देउसी मुलत पवित्र लक्ष्य सहित नेपाली काँग्रेस र माओवादी केन्द्रकाका तर्फबाट वर्तमान सरकारमा प्रतिनीधित्व गर्ने मन्त्रीमण्डलका सदस्यको निवासमामात्र केन्द्रीत गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द्र चौलागाइ, उपाध्यक्ष श्रीजन झा,  सचिव रामकृष्ण अधिकारी, उपत्यका इन्चार्ज इश्वरी वाग्ले कार्यसमिति सदस्यत्रय नेत्र न्यौपाने ,रमेश वाग्ले ,सूर्य सुवेदी, वरिष्ठ पत्रकार इन्द्र रिजाल, बसन्त शर्मा, धनबहादुर मगर, प्रकाश नेपाल,विनोद चौलागाइ,  लगायतका शाखा सदस्यहरुको सहभागिता रहेको थियो ।