शुक्रबार, जेष्ठ ४, २०८१

रु १० लाखको लैङ्गिक समानता पत्रकारिता पुरस्कार कोषको स्थापना

काठमाडौ कात्तिक ८, नेपाल पत्रकार महासङ्घ र अमेरिकामा क्रियाशील संस्था मदरल्याण्ड नेपालबीच पत्रकारिताको व्यावसायिक विकासमा टेवा पु-याउने उद्देश्यले रु १० लाखको captureअक्षयकोष खडा गर्ने सम्झौता भएको छ ।  कोषबाट प्राप्त हुने ब्याजको रकमबाट समाजलाई अभिप्रेरित गर्ने खोजपूर्ण समाचार, आलेखको मूल्याङ्कनका आधारमा प्रत्येक वर्ष दुई जना पत्रकारलाई उक्त कोषबाट प्रत्येक वर्ष दुई जना पत्रकारलाई लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । महासङ्घ केन्द्रीय कार्यालयमा आज महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा समझदारीपत्रमा हस्ताक्षर पछि महासङ्घका अध्यक्ष डा विष्टले अक्षयकोष स्थापनाले नेपालको समग्र पत्रकारिता र विशेषगरी पत्रकारितामा लैङ्गिक समानताको विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभएको थियो भने मदरल्याण्ड नेपालका अध्यक्ष पाण्डेले यसखालका अक्षयकोषले पत्रकारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930