शुक्रबार, जेष्ठ ४, २०८१

महाअभियोग प्रस्तावमा निर्णय गर्दा विकसित घटनाक्रमको विश्लेषण गर्नु पर्नेमा जोड

काँग्रेस केन्द्रीय समिति बैठक :
काठमाडौ कात्तिक ८ , गत कात्तिक ४ गतेबाट काँग्रेस मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकास। सदस्यहरुले प्रमुख सत्ता साझेदार दललाई थाहा प्रमसख सत्ता माओवादी केन्द्रले प्रतिपक्षीदल दल नेकपा एमाले सँग मिलेर व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरेको महाअभियोगको nc-officeप्रस्ताव रहस्यमय भएको बताएको छ ।  आजको बैठकमा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले काँग्रेसको सहयोगबिना महाअभियोगको प्रस्ताव पारित हुँदैन भन्ने जानकारी हुँदाको वाजुद पनि काँग्रेससंग कुनै पारमर्शनै नगरि महाअभियोग प्रस्ताव ल्याइनु आफैमा रहस्यमय भएको भन्दै प्रस्तुत मुद्धामा पार्टीले निर्णय गर्दा विकसित घटनाक्रमको विश्लेषण गर्नु पर्नेमा जोड दिनु भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आजको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी, अजयकुमार चौरासिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, वीरबहादुर बलायर, डा डिला सङ्ग्रौला, सरिता प्रसार्इं, बहादुरसिंह लामा तामाङ र लक्ष्मी परियारले आ–आफ्नो धारणा राख्नुभएको थियो । आजको बैठक मंगलवार बिहान ८ः०० बजे पुनःबस्ने गरि स्थगन गरिएको छ ।