शनिबार, जेष्ठ ५, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, बैठकले महाअभियोगको प्रस्तावमाथि आधिकारिक धारणा तय गर्ने

काठमाडौं कात्तिक ८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
nc-officeललितपुर सानेपामा स्थित पाटीै मुख्यालयमा जारी बैठकमा नेताहरुले आ–आफ्ना भनाइ राखिरहेका छन् । यसअघि दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्नेहरुबाट मिश्रित धारणा आएपछि कांग्रेसले यसबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । यसअघि बोल्ने केन्द्रीय  सदस्य मध्ये  महाअभियोगको प्रस्तावको सवालमा पक्ष विपक्षमा आफ्नो मत प्रस्तुत गरेका थिए ।

आजको बैठकमा अधिकांशको केन्द्रीय सदस्यको धारणा सुनेर काँग्रेस नेतृत्वले संसदीय दलको बैठकसमेत राखी पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायतकाले पनि यस विषयमा धारणा राख्दै काँग्रेसले आफ्नो औपचारिक धारणा तय गर्ने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ ।