शनिबार, बैशाख २९, २०८१

आगलागी क्षति न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रम जरुरी: कार्यकारी अधिकृत तामाङ

सदुपयोगमा मात्र आगो मित्र नत्र शत्रु

काठमाडौं कार्तिक ६ , आगोको गुण पहिचान गरेर सही उपयोग गरे यसबाट लाभ हुने अन्यथा आगो जनधन क्षतिकोकारण हुने जनाउँदै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह dsc_0012 dsc_0068तामाङ्ले आगलागी क्षति न्युनीकरणका कार्यक्रम नियमित सञ्चालन हुन जरुरी रहेको जनाउनु भएको छ । शनिबारबाट शुरु भएको अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह २०७३ को शुभारम्भ गर्दै उहाँले सप्ताहअन्तर्गत तिहार लक्षित कार्यक्रम हुने भए पनि महानगरले अग्निजन्य प्रकोप व्यवस्थापनमा सदैव काम गरिरहेको बताउनु भयो । विगत आगलागीका घटना विश्लेषण गर्दै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्ले भन्नुभयो — सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ, तर ती सामान्य मानवीय आचरणमा पनि मानिसको सजगता पुगेको छैन ।

तिहार वत्तीसँग सम्बन्धित पर्व भएकोले उल्लाससँगै सावधानी पनि चाहिन्छ, त्यही सावधानीकालागि सहरबासीलाई सचेत गराउन पहिलो पटक यस प्रकारको सप्ताह मनाइएको जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले बताउनुभयो । सप्ताह शुभारम्भका अवसरमा अग्नि नियन्त्रक तथा अग्नि नियन्त्रक स्वयम्सेवक, नेपाल प्रहरी, नेपाल रेडक्रस, नेपाल स्काउट, वडा स्तरीय विपत् व्यवस्थापन समिति, स्थानीय क्लव तथा संघ संस्था गरी ४१ वटा संघ संस्थाको सहभागिता थियो भने पूर्व जनप्रतिनिधिहरुलेसमेत कार्यक्रममा सक्रियता देखाएका थिए ।

सोही अवसरमा जुद्ध बारुण यन्त्र कार्यालय, धर्मपथबाट शुरु भएको जनचेतनामुलक -याली, ओमबहाल, मरु गणेश, यट्खा, नरदेवी, बाङ्गेमुढा, इन्द्रचोक हुँदै पुन धर्मपथमा आएर समापन भएको थियो ।  विगत तिहार पर्वमा एकै दिनमा १० वटासम्म आगलागीका घटना भएका र ती घटना हुनुमा सामान्य मानवीय त्रुटी भएकाले यस प्रकारको चेतना अभिवृद्धि कार्यक्रम क्षति न्युनीकरणमा प्रभावकारी हुने आयोजकको दावी छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930