आइतवार, जेष्ठ ६, २०८१

सुरक्षा परिषदद्दारा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय

एजेन्सी भाद्र २५,  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  उत्तर कोरियाले शुक्रबार सबैभन्दा शक्तिशाली n-korea-e1468908119408परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरे पछि सुरक्षा परिषदले यस्तो निर्णय गरेको हो ।
यसअघि पनि उत्तर कोरियाले अरु शक्तिशाली राष्ट्रको बेवास्ता गर्दै यो वर्षमात्रै पाँचओटा परमाणु परीक्षण गरिसकेको छ ।