आइतवार, जेष्ठ १३, २०८१

जो आफ्नो मोटी गर्लफ्रेन्डलाई झनै मोटाएको हेर्न चाहन्छन् (फोटोफिचर)

एजेन्सी आश्विन ११,  हिजोआज स्लिमको जमान छ । जुनसुकै केटाले पनि मोटी भन्दा पातली केटी रुचाउँदछन् । त्यसैले सबैको रोजाई नै कोकाकोला फिगर बन्दै गएको छ । तर तपाईलाई monika-america-4 monika-america-5 monika-america-1-645x330अचम्म लाग्न सक्छ संसारमा यस्ता पनि मानिस छन जो कोकाकोला फिगर हैन भकारी जस्ती आफ्नी प्रेमीकालाई अझ मोटाओस् भनेर कामना गर्दै बसेका छन् । अमेरिकी महिला मोनिका रिले अहिल्यै ३०० किलो वजनकी भइसकेकी छिन तर उनी भन्छिन, ‘म यति धेरै मोटाउन चाहन्छु कि बसेका ठाउँबाट उठ्नै नसकुँ ।’

यति मात्र हैन उनका व्वाइफ्रेन्ड पनि यहि चाहन्छन् । यसका लागि उनी दैनिक ८००० क्यालोरीको खानेकुरा खाने गर्दछिन् । यदि उनले यहि हिसावले खानेकुरा खादै गइन भने उनको बसेको स्थानबाट उठ्न नसक्ने सपना छिट्टै पुरा हुनेछ । यसका लागि उनका प्रेमी सिड रिलेले पनि उनलाई भरपुर साथ दिइरहेका छन् । प्रेमीले आफ्नो इच्छा पुरा गर्न साथ दिएकोमा मोनिका असाध्यै खुशी देखिन्छिन् । उनी यो भन्दा अझ धेरै मोटाएर बच्चा जन्माउन चाहन्छिन् । -नया पत्रिकाबाट