आइतवार, जेष्ठ ६, २०८१

सक्छ भने पाकिस्तामा हमला गर्न पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको ललकार

एजेन्सी आश्विन १२, पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग कुरा गर्दै पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका captureछन् ।  सो टेलिभिजनसंगको कुराकानीका दौरानमा पूर्व राष्ट्रपति मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गपूर्व राष्ट्रपतिल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश भएको जिकिर गर्दै यस्तो अभिव्यक्ति दिदै यस्तो जिकिर गरेको समाचार एजेन्सीले जनाएको छ ।

त्यस्तै पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने चर्चा प्रकाशमा आएको सवालमा मुशर्रफले भने-  भारतका प्रम मोदी कहिले पाकिस्तानी प्रधानमन्त्रीको जन्मदिनमा सुटुक्क पाकिस्तान पुग्छन्, कहिले पाकिस्तानलाई विश्वमै बद्नाम गर्न उद्यत रहने चरित्र आफैमा उदेक लाग्दो भएको बताए ।  त्यस्तै कश्मिर मुद्दा समाधान गर्न भारतले नै नचाहेको आरोप लगाउँदै मुशर्रफले भने ‘ भारतका प्रमहरुमध्ये बाजपेयी र मनमोहन सिंहभन्दा मोदी निकै पृथक रहेको जिकिर गर्दै जुनसुकै सवालमा पनि पाकिस्तान भारतलाई जवाफ दिन तयार रहेको सवैको लागि हेक्का रहोस यदि होइन भने पाकिस्तानमा हमला गरेर देखाए हुन्छ ।’

ajtak.intoday.in/video/exclusive-interview-of-pervez-musharraf-over-kashmir-issue-and-india-pakistan-relation-1-889984.html