आइतवार, जेष्ठ ६, २०८१

इजरायलका पूर्व राष्ट्रपति शिमोनको निधन

shimon-peres-2 काठमाडौं आश्विन १२,  इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन भएको छ । लामो समय इजरायलको राजनीतिमा सक्रिय रहेका ९३ वर्षीय पेरेज दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको र उहाँको आज विहान उपचारको क्रममा निधन भएको इजरायल नेपालस्थित इजरायली दुतावासद्दारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा दुई पटकसम्म इजरायलको प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै इजरायल र प्यालेस्टाइनबीच चर्चित ‘ओस्लो सन्धी’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही सन्धीपछि सन् १९९४ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएको उल्लेख गरिएको छ ।