बुधबार, जेष्ठ २, २०८१

नयाँ नेतृत्वको लागि आज महिला सङ्घको निर्वाचन हुँदै

काठमाडौ भाद्र ३१, नेपाल महिला सङ्घको तेस्रो महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको चयनका लागि निर्वाचन हुँदैछ । तेस्रो महाधिवेशनमा ५३ पदका लागि १२६ captureजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार दुई हजार ११४ प्रतिनिधिले भाग लिने प्रस्तुत निर्वाचनमा निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुल्ला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीनजनाको उम्मेदवारी परेको र अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा तथा कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह चुनावी म्रदानमा रहेको जानकारी दिएको छ।