बिहिबार, बैशाख २०, २०८१

राप्रपा नेपालले अन्तर्राष्ट्रिय सनातन धर्मसभाको आयोजना गर्ने

काठमाडौ भाद्र ५,  राप्रपा नेपालले आगामी कात्तिक २७ देखि २९ गतेसम्म राजधानीमा अन्तर्राष्ट्रिय सनातन धर्मसभाको आयोजना गर्ने भएको छ । हिन्दू जागरणका लागि गर्न लागिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय तहबाट समेत हिन्दूवादी rppnसङ्घसंस्था तथा धार्मिक गुरुको सहभागिता रहने राप्रपा नेपालले जनाएको छ ।

त्यस्तै राप्रपा नेपालले अन्तर्राष्ट्रिय सनातन धर्मसभाको आयोजनाको लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, अञ्चल संयोजक, काठमाडौँ उपत्यकाका जिल्ला अध्यक्ष र पार्टी निकट भ्रातृ सङ्गठनका प्रमुख सदस्य रहने गरि धर्मसभा आयोजक समिति गठन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै गरि समाचारमा राप्रपा नेपालले नेपाली जनतालाइ मुलुकको समसामयिक परिस्थितिको सवालमा जानकारी दिने लक्ष्उ निर्धारण गर्दै घरदैलो कार्यक्रम र स्थानीय तहको निर्वाचनका बारेमा दबाब सिर्जना गर्ने उद्देश्यले ‘राष्ट्रिय सङ्कल्प अभियान’ समेत सञ्चालन गर्ने तयारी गरेको जनाईएको छ ।