बिहिबार, बैशाख २०, २०८१

कालाबजारी नियन्त्रण गर्दै सुशासन कायम गर्न माग

काठमाडौ भाद्र ५ , सरकारले बजार नियन्त्रण गर्न नसक्दा जनताको दैनिक जीविका जटिल बन्नुको अलावा महँगी र कृत्रिम अभावका कारण आम उपभोक्ता मारमा परेको भन्दै यस्ता कालाबजारी कृतिम अभाव सिर्जना गर्न पल्लेकका कालोबजारीलाई तत्काल कडा कारबाही गर्नु पर्ने आवाज मुखरित भएका छन ।

राजधानीमा आज सार्वभौम–नेपाल एकता मञ्चले आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले कालाबजारीले केहि समय यता मुलुकमा नराम्री जरो गाडेदै आएको अभिव्यक्ति सहित तत्काल कालाबजारी नियन्त्रण गर्दै सुशासन कायम गर्न माग गरेको हो ।

त्यस्तै कार्यक्रममा मञ्चका संयोजक दीर्घराज प्रसाईँले नेपालको संविधानले सबैको भावनालाई समेट्न नसकेको बताउँदै मधेसी, जनजाति, हिन्दू, राष्ट्रवादी तथा राजसंस्थावादी लगायतको भावनालाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको थियो भने राप्रपाका नेता दिलविकास राजभण्डारीले नेपाली जनताले एकातर्फ कालाबजारी र अर्को तर्फ सुरक्षाको अनुभूति गर्न नसकेको बताउँदै सरकार जनताप्रति बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031