बिहिबार, बैशाख २०, २०८१

महेन्द्र मञ्जिलको लाइन काटियो

काठमाडौ भाद्र ५,  उर्जा मन्त्री जनार्दन शर्माले ३५ लाख बढी विद्युत महसुल भुक्तानी गर्न  बाँकी  रहेको  भन्दै पूर्व मुमा बडामारानी रत्न शाह बस्ने  सरकारी स्वामित्वअन्तर्गत रहेको महेन्द्र मञ्जिलको दरबारको  लाइन काटेका छन् ।

स्मरण रहोस   पूर्व राजा  ज्ञानेन्द्र शाहले  मुलुकमा    गणतन्त्र घोषणाभएसंगै   नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले  आवश्यक  सेवा सुविधा सहित  आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो।

प्राधिकरण सम्वद्ध स्रोतका अनुसार आजमात्रै प्राधिकरणले झण्डै डेढ करोड रुपैयाँ बराबर बक्यौता भएका ग्राहकको लाइन काटेको जनाएको छ । उर्जा मन्त्री शर्माको ठाडो निर्देशनमा लामो समय विद्युत महसुलको बक्यौता नतिर्ने सबै ग्राहकको लाइन काट्ने अभियाननै सुरु गरेको प्राधिकरणले सरकारी कार्यालयलाई भने एक हप्ताको अल्टिमेटम दिनुको अलावा अत्यावश्यक सेवा प्रदायक अस्पताल लगायतलाई महसुल भुक्तानीका लागि केही समय दिएपनि अन्यलाई भने कुनै मौका नदिइने जनाएको छ ।