सोमवार, बैशाख १७, २०८१

आज दिवंगत आत्माको स्मृतिमा गाईजात्रा पर्व मनाइदै

काठमाडौ भाद्र ३,  भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, हेटौँडा र पोखरालगायतका सहरमा गत वर्ष दिवङ्गत भएका आफन्तको स्मृतिमा गाई वा मानिसलाई गाईका रूप मा सिङ्गारी आ–आफ्ना नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, जुस ,रोटी, र द्रव्य दान दिने परम्परा रहि आएको छ ।  यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

गाईजात्रा’ को सवालमा    जोडिएको प्रमाणिक आधार धेरै भए पनि गाइजात्रा भन्ने वित्तिकै तत्कालीन मल्ल राजा प्रताप मल्लसँग जोडिएको पाइन्छ ।  भनाइको आशय त्यसवेला  राजा प्रताप मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि यस्तो शोक तिमीलाई मात्र परेको होइन भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत आत्माको सस्मरणमा गाईजात्रा निकाल्न लगाए र यसरी निकालिएको गाइजात्रा देखेपछि रानीको शोक केही घट्दै गयो भन्ने जनश्रुती रहेको पाइन्छ । यो जात्रालाइ राजा प्ताप मल्लले जारी गरेको उर्दी अनुरुप हनुमानढोका राजदरबार अगाडिबाट लैजान भने पछि शहरमा दिवङगत भएका आफन्त जनको सम्झनामा यहाँका मानिसले उर्दी अनुरुपनै गाईजात्रा दरवार परिसबाट लैजाने गरेको बताइन्छ । जुन प्रचलन यद्यपी कायम रहेको बुझिएको छ

IMG_3783sjh_event_-gaijatra_bhaktapur_2071-copyभाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।  तर आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य IMG_3610sjh_event_-gaijatra__kirtipur2071-copyअङ्क प्रकाशित गर्ने गरिन्छ ।गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिइन्छ ।