बुधबार, बैशाख २६, २०८१

सूचना टाँस गर्दै दिउँसो २ बजेसम्मका लागि संसदको बैठक स्थगित

काठमाडौ श्रावण ६,  आज विहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरि स्थगित गरिएको छ । आजको बैडकमा प्रम केपी ओली नेतृत्वको गठबन्धन सरकार उपर विस्वास छैन 13711585_10153857508818691_1225050298_oभन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले दर्ता गराएको अविश्वासको प्रस्ताव सहित नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल मा छलफल गर्ने कार्यसूची रहेको थियो । तर यि कार्यसूची मध्य कुन लाइ अघि बढाउने भन्नेमा एमाले र कांग्रेस–माओवादी केन्द्रबीच विवाद भएपछि आजको पूर्व निर्धारित बैठक स्थगन गरिएको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि यि तीन दलबीच बढेको राजनीतिक ध्रुवीकरणका कारण काँग्रेस र माओवादी केन्द्रको अडान भने अविश्वासको प्रस्तावमा छलफल गरिनु पर्नेमा अडिग रहेको थियो भने सत्तारुढ दलहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि नै नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल गरिनुपर्ने अडान राखेको थाहा भएको छ ।