बुधबार, बैशाख २६, २०८१

सरकारी निकाय बालअधिकार प्रति गम्भीर नभएको विज्ञहरुको निष्कर्ष

काठमाडौ श्रावण ६, समृद्ध राष्ट्र निर्माणका लागि असल नागरिक उत्पादन गर्ने पक्षमा सरोकारवाला निकायको ध्यानाकर्षण कम भएको बालअधिकारकर्मीहरुले बताएका छन् । विहीबार सेभ द चिल्ड्रेन, बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा सञ्जाल (कन्सोडियम नेपाल) र नेपाल पत्रकार मञ्चद्दारा संयुक्तरुपमा आयोजित बाल सहभागिता र 1नेपालको संविधान विषयक अन्तरक्रियामा काठमाडौं स्कूल अफ ल का स-प्राध्यापक मिलन धरेलले आम सञ्चार, बाल सहभागिता र नेपालको संविधान विषयक कार्यपत्र प्रस्तुत गरिसके पछिको छलफलमा सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै स-प्राध्यापक धरेलले नेपालको संविधान २०७२ मा बाल सहभागिताका विषयमा गरिएका व्यवस्था, त्यसको बुझाइ र नियमनकारी निकायको कार्यान्वयन तत्परताका विषयमा चर्चा गर्दै यी सबै पक्षमध्ये सरकारी निकायको बाल अधिकार प्रति गम्भीर नभएको टिप्पणी गर्नुभएको थियो । यस विषयको उठान आमसञ्चार माध्यमबाट हुन सक्छ, जसले आमनागरिकलाई विषयप्रति सजग बनाउँछ उहाँको निष्कर्ष थियो ।

कार्यक्रममा कन्सोटियमका अध्यक्ष युवराज घिमिरेले आम सञ्चारकर्मीले बालबालिकाका विषयमा समाचार लेखन तथा सम्प्रेषण गर्दा सजगता अपनाउन सकेनन् भने बालबालिकामा नकारात्मक प्रभाव पर्न सक्छ त्यसअर्थम पनि विद्यमान आम सञ्चार अभ्यासको चर्चा गर्दै बालबालिका समाचारको   लेख्दा  तथ्य परक समाचर लेखाइमा   समाचारकर्मीको ध्यान जानु पर्ने खाँचो औल्याउँनु भएको थियो ।  सामाजिक रुपान्तरणका अगुवाआम सञ्चारकर्मीको सूचनामा अद्यावधिकता र सम्बेदनशिलताले मात्र सकारात्मक प्रभाव निस्कन सक्ने बताउँदै पत्रकार मञ्चका अध्यक्ष युवराजविद्रोहीले आम सञ्चारकर्मीको क्षमताविकासमा मञ्चले निरन्तर काम गरिरहेको बताउनु भयो । अन्तरक्रियामा आमसञ्चार माध्यममा   क्रियाशील समाचारकर्मीको सहभागीता रहेको थियो ।