बुधबार, बैशाख २६, २०८१

डा केसीलाई वार्तामा आउन वार्ता टोलीको आग्रह

मानवअधिकार तथा शान्ति समाजद्दारा शीर्ष नेताको ध्यानाकर्षण

काठमाडौ श्रावण ६,  समग्र स्वास्थ्य क्षेत्रको सुधारको मार्ग राख्दै विगत १२ दिन देखि आमरण अनशन बसेका डा गोविन्द केसीलाई सरकारी टोलीले वार्तामा आउन आग्रह गरेको छ ।  मन्त्रीपरिषदको पषिदको बुधवार बसेको बैठकले डा केसीको मागको सम्बोधन सुनवाइ गर्न भन्दै प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको ३ Captureसदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोली आज शिक्षण अस्पताल पुगी केसीलाई वार्तामा आउन आग्रह गरेको हो ।

त्यस्तै   प्रजातान्त्रिक विचार समाजको तर्फबाट  अध्यक्ष अध्यक्ष डा केदारनरसिंह केसी र महासचिव गोकर्ण अर्यालले संयुक्त विज्ञप्ति जारी गर्दै  डा गोविन्द केसीले उठाउनुभएका अधिकांश माग स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य सेवाका लागि अत्यन्त महत्वपूर्ण रहेकाले त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउँनु भएको  छ ।

यसैवीच मानवअधिकार तथा शान्ति समाजले पनि स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग सहित आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका मागलाई संसद्मा प्रवेश गराएर छलफल थाल्ने आह्वान गरेको छ । समाजका सभापति गङ्गाधर अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा अनशनको १२ दिन बित्न लाग्दा पनि संसद्मा यो विषयले प्रवेश नपाउनु खेदजनक भएको भन्दै विज्ञप्त्मिा प्रमुख राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण सहित डा केसीले उठाएका मागलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट सम्बोधन गर्न आग्रह गरेको छ ।