बिहिबार, बैशाख २७, २०८१

डा केसीको माग सम्बोधनको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ श्रावण ६, शिक्षण अस्पतालमा विगत १२ दिन देखि आमरण अनशनमा रहनु भएका डा गोविन्द केसीले उठाउनुभएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता 1469110924p1गरिएको छ ।  नेपाली काँग्रेसका सांसदद्वय गगन थापा र धनराज गुरुङ र नेकपामाओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले आज सो प्रस्ताव दर्ता गराउनुभएको हो ।

दर्ता भएको प्रस्तावमा विगत ११ दिनदेखि आमरण अनशनरत डा केसीको जीवनरक्षाका लागि संसद्ले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितीका विषयमा सदनको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।

यसरी दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमा  छलफल गर्नु पर्नाको ४ बुँदे कारण खुलाउँदै डा केसीले उठाएका मागबारे विगतमा संसदमा समेत छलफल भएको, संसदीय समितिले निर्देशन दिएको र सरकारले पटक पटक सम्झौतासमेत गरेकाले ती सम्झौताको कार्यान्वयन भए नभएको सन्दर्भमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक देखिएको उल्लेख गरिएको छ ।