सोमवार, जेष्ठ ७, २०८१

रामचन्द्रको ४ बुँदे प्रस्तावले लियो नयाँ मोड

काठमाडौ श्रावण ७ , आर्थिक विधेयक या अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो सूचीमा राख्ने भन्ने विवादले व्यवस्थापिका संसद चल्न नसकिरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमै सहमति जुटाउने गरी बैकल्पिक प्रस्ताव ल्याएका छन् । संसदीय भिडन्तका लागि दुवै पक्ष तयारी अवस्थामा रहेकाबेला पौडेलको प्रस्तावले  छलफल नै नयाँ मोडमा पुगेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।

यस्तो छ पौडेलका प्रस्तावहरु :   प्रधानमन्त्रीको राजीनामा, अविश्वास प्रस्ताव फिर्ता ,बजेट आश्रित विधेयक पास, नयाँ सरकार गठन

कांग्रेसका तर्फबाट नेता पौडेलले राखेको प्रस्तावमा राजनीतिक सहमति भने हुन सकेन । माओवादीले सकारात्मक रुपमा लिएपनि सरकारको नेतृत्व लिएको एमालेले उक्त विकल्पलाई समेत स्वीकार्न नसकेको कांग्रेस नेता पौडेलले बताए । तर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको दाबी गरे ।  पौडेलले प्रधानमन्त्रीको राजीनामा, अविश्वासको प्रस्ताव फिर्ता, बजेटसँग आश्रित विधेयक पारित गर्ने र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउने विषयलाई एउटै प्याकेजमा हल गर्नेगरी तीन दलको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । एमालेले प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई संविधान संशोधन गर्नुपर्ने सर्त राखेका कारण सहमति हुन नसकेको कांग्रेस नेता पौडेलको भनाई छ । ‘प्याकेजमै सहमति भएमा सरकार निर्माणमा समेत अधिकतम सहमति जुटाउन सकिने र संविधान कार्यन्वयनमा समेत सहज हुने भएकाले यस्तो प्रस्ताव मैले राखेको हुँ,’ पौडेलले भने, ‘राजीनामा दिने विषयमा प्रधानमन्त्रीले मेरो साथीहरुसँग सल्लाह गर्नुपर्छ भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पहिला फिर्ता लिनुपर्ने सर्त राखेका कारण सहमति जुट्न नसकेको बताए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिनुहोस् अरु बिषयमा छलफल गर्दै अघि बढ्न सकिन्छ भन्ने जवाफ प्रधानमन्त्रीको आयो,’ पौडेलले भने, ‘आज सहमति हुन नसकेपछि भोलि २ बजेसम्म थप छलफल गरेर अघि बढ्छौं ।’  एमालेले बजेटसँग सम्वन्धित विधेयकलाई र प्रमुख प्रतिपक्षले अविश्वासको प्रस्तावलाई पहिलो सूचीमा राख्नुपर्ने अडान नछाडेपछि पौडेलले उक्त प्रस्ताव ल्याएका हुन । प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्तावका बारेमा प्रतिक्रिया दिन मानेनन् । ‘राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको छैन,’ संवाददाताहरुसँगको संक्षिप्त प्रतिक्रियामा उनले यतिमात्रै भने ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले पौडेलको प्रस्तावबारे एमालेले आन्तरिक छलफल अगाडि बढाउने बताए । ‘रामचन्द्रजीको प्रस्तावमा प्रधानमन्त्री नकारात्मक हुनुहुन्न,’ उनले भने, ‘छलफलमै छौं ।’  नेम्वाङले दलहरुबीच राष्ट्रिय सहमतिका लागि प्याकेजमै छलफल गर्ने वा एउटै कार्यसूची बनाउने भन्ने विषयमा छलफल भएको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु