शुक्रबार, बैशाख २१, २०८१

सङ्क्रमणकालीन अवस्थाको समाप्तिका राजनीति सहमति अपरिहार्य : प्रम ओली

काठमाडौ आषाढ २१, ‘असल परिवार समृद्ध नेपाल, अग्रगामी लोकतन्त्र हाम्रो मूलमन्त्र’ मुल भन्ने नाराका साथ एक विशेष कार्यक्रमकावीच राजधानीमा नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रम केपी ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको जनाउ दिदै आगामी एक वर्षभित्र मुलुकमा विद्यमान सङ्क्रमणकालीन अवस्थाको समाप्तिका राजनीति सहमति अपरिहार्य रहेको Captureबताउनुभएको छ ।
त्यस्तै महाधिवेशनको सफलताको कामना गर्दै उद्घाटन सत्रमा पूर्व उपराष्ट्रपति परमानन्द झा पूर्व प्रम एवम् राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, आम आदमी पार्टी भारतका नेता प्रणीव कुमार नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ , भारतीय जनता पार्टीका नेता विजय जोली, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका प्रवक्ता एवम् सासद दिम्पकुमारी झा , भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्मा लगायतका नेताहरुले समेत महाधिवेशनको सफलताको कामना गर्नुभएको थियो।

नेपाल सरकारका शान्ति तथा पुनःनिर्माणमन्त्री समेत रहेको परिवार दलका अध्यक्ष तथा एकनाथ ढकालको सभापतित्वमा समपन्न महाधिवेशनको उद्घाटनसत्रमा बोल्ने अधिकास नेताहरुले नेपालमा जारी यावत वेथितीको निकारकरण परिवारदलले अख्तियार गरेको एकाकार परिवारको अवधारणा अचुक मन्त्र हुने अभिवयक्ति दिनु भएको थियो । बुधबारसम्म जारी रहने परिवारदलको प्रस्तुत महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ ।