शुक्रबार, बैशाख २१, २०८१

काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ आषाढ २१ , नेपाली काँग्रेसले मुलुकका विभिन्न भागमा बाढी र पहिरो परी केही व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको nc-flageघटनाप्रति दुःख व्यक्त गरेको छ ।  काँग्रेसले आज विज्ञप्ति जारी गरी पहिरोमा परी प्यूठानमा आठ र गोरखामा तीन जनाको मृत्यु तथा दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

 पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा घाइतेको शीघ्र उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग माग गरिनुका साथै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।