शुक्रबार, बैशाख २१, २०८१

पहिरो पिडितको उद्धारका लागि डा भट्टराईद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौ आषाढ २१ , नयाँ शक्ति नेपालका संयोजक डा.  बाबुराम भट्टराईले गोरखाको केरौंजामा हिरोमा पुरिएकाहरुको तत्काल Captureहेलिकोप्टरबाट उद्धार गरी उपचार गर्न आग्रगएको पहिरोमा परी घाइते भएका, पुरिएकाहरुको तत्काल उद्धार र उपचारका लागि गृहमन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराउनुभएको छ । गृहमन्त्री बस्नेतसँग कुरा गर्दै संयोजक भट्टराईले पहिरोमा परी घाइते भएकाहरुको र पह गर्नुभएको हो ।

वर्षाको समयमा देशका विभिन्न भागमा जतिसुकै बेला बाढी, पहिरो जस्ता प्राकृतिक विपद् आइलाग्ने भएकाले राज्यका संयन्त्रहरुलाई उद्धारकार्यमा तत्काल परिचालन गर्न सकिने गरी अलर्टमा राख्न पनि उहाँले गृहमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

नयाँ शक्तिद्वारा शुल्क वृद्धि फिर्ता गर्न माग: 

यसैवीच नयाँ शक्ति नेपाल, काठमाडौँ महानगर परिषद्ले भूकम्प र नाकाबन्दीले आक्रान्त भइरहेको अवस्थामा काठमाडौँ महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको वृद्धिको भत्र्सना गरेको छ । स्थानीय स्वायत्त शासन ऐनले काठमाडौँ महानरपालिकाको राजस्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन गरी सो समितिको प्रतिवेदन नगर परिषद्बाट पारित गर्नुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै अकस्मात् र अप्रत्याशित राजश्व दर र सेवा शुल्क वृद्धि गर्नु कानुनी राज्यको मान्यता विपरीत रहेको भन्दै परिषद्ले शुल्क वृद्धि फिर्ता गर्न माग गरेको छ ।  करको दायरामा आउने र नआउने दुवैले सेवा सुविधा समान उपभोग गर्ने तर कर तिरिरहेका व्यक्ति र संस्थालाई झन बढी कर तिर्न लगाउने कुरा न्यायोचित नभएको परिषद्का संयोजक शोभा बज्राचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।