शुक्रबार, बैशाख २१, २०८१

राहत तथा उद्धार एवम्  कर वृद्धि प्रति सासंद जोशीद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौ आषाढ २१,  व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा बोल्दै सांसद नवीन्द्रराज जोशीले भूकम्प र NR-JOSHIबाढीपहिरोपीडितको राहत तथा उद्धारमा ध्यान नदिइएकोमा आपत्ति प्रकट गर्दै र अप्रत्याशित राजश्व दर र सेवा शुल्क वृद्धि गर्नु कानुनी राज्यको मान्यता विपरीत रहेको भन्दै कर वृद्धि फिर्ता गर्न माग गर्नु भएको छ ।

त्यस्तै सासाद जोशीले भूकम्प पीडित काठमाडौँ उपत्यकाका जनताले हालसम्म पनि रु १५ हजार राहत नपाएको र सरकारले तथ्याङ्क सङ्कलन समेत सुरु नगरेको पिडादायि अवस्थामा काठमाडौँ महानगरपालिकाले मनलाग्दी तवरले विभिन्न कर वृद्धि गरी पीडित जनताको ढाड सेक्ने काम गर्नुको अलावा वडा सचिवले यो वा त्यो वाहनामा घुस माग्दै जनतालाई दुःख दिएको प्रमाणिक आधार भेटिडा पनि सम्बद्ध पक्षले ध्यान नदिएको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।