आइतवार, बैशाख १६, २०८१

शुल्क विवरण नबुझाउँने विद्यालयलाई कारबाही कहिले ?

काठमाडौं श्रावण १३, शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।  हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेको खवर आजको राजधानी दैनिकमा प्रकाशित रहेको छ ।

त्यस्तै खवरमा उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण भने अनिवार्य बुझाउनपर्छ । तर,शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि विवरण नबुझाउने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन नसकेको राजधानी दैनिकमा खवर प्रकाशित रहेको छ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरका ३० संस्थागत विद्यालयले शुल्क विवरण बुझाएका छैनन् । भक्तपुरमा २ सय ५ संस्थागत र १ सय २७ सामुदायिक विद्यालय छन् । भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले शुल्क विवरण नबुझाउने विद्यालयलाई अन्तिम पत्र काटिसकिएको बताए ।