शुक्रबार, बैशाख २१, २०८१

राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने

काठमाडौं आषाढ २१, आगामी अगस्ट १० देखि १२ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने भएको छ । राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ७५ जिल्लाका युवाहरुको सहभागीतामा ३ दिन सम्म युवा उद्यमशिलता, युवा नेतृत्व र ब्यक्तित्व बिकास सम्बन्धी बिषयमा बिभिन्न ब्यक्तित्वहरुले कार्य पत्र प्रस्तुत हुने गरी कार्यक्रमको आयोजना गर्न लागेको कुरा राष्ट्रिय युवा unnamedपरिषद नेपालको अध्यक्ष सरोज बानियाँले बताउनु भयो ।

युवा परिबर्तनका सम्बाहक हुन, परिबर्तनका अनुयायी र चेन्ज मेकरको रुपमा नेपाली युवाहरुलाई लिईएको र अझै पनि नेपाली युवाहरुबाट आश मारीहाल्नुपर्ने समय नआईसकेको र राष्ट्र परिवर्तनको मूल धारमा ल्याउन सकिने हुँदा नेपाली युवाहरुलाई जुझारु र सक्रिय बनाउदै नेपाली युवाको लागी नेपाली युवालेनै गर्नु पर्ने समय आएकोले यस सम्मेलनको आयोजना गर्न लागेको परिषदले जनाएको छ ।

गत बर्ष ६८ जिल्लाको १३८ जना नेपाली युवाहरुको सहभागीतामा राष्ट्रिय युवा सम्मेलन २०१५ सम्पन्न गरेको थियो । यस सम्मेलनमा नेपाली युवाहरुलाई व्यवसायीय बन्न, समाजिक नेतृत्व बन्न र व्यक्तित्व बिकास गरी आगामी दिनहरुमा नेपाली युवाहरुले आफ्नो जिबिकोपार्जनको निमित्त खाडी मुलुकमा नै जानु पर्ने बाधात्मक अवस्थालाई परिबर्तनको निम्ती राष्ट्रिय युवा सम्मेलन २०१६ को आयोजना गर्न लागिएको हो ।

कुनै पनि देशको लागि युवा भनेको एक महत्वपूर्ण एवं परिबर्तनग्रामी शक्ति हुन्छ । देशमा भएको सबै प्रकारका परिबर्तनहरुमा युवाहरुको ठुलो देन हुन्छ र त्यस्ता शक्तिलाई देश बिकासको मूलधारमा ल्याउनु निकै चुनौतीपूर्ण हुन्छ तर देश बिकासको लागि यो निकै नै महत्वपूर्ण र अपरिहार्य छ ।  सकारात्मक सोच लाई व्यबहारमा परिणत गराई, आम युवाहरु लाई हातमा हात मिलाई आफ्नो श्रम शक्ति आफ्नै भुमिमा सदुपयोग गर्दे भोलीको पिढीका लागि असल सहि मार्ग निर्देश गर्न सक्षम र सवल बनाउन पर्छ भन्ने सन्देश दिन हरेक जिल्लाहरुवाट २ जना कर्मठ यूवाहरुलाई सहभागी गराई उनीहरुमा सकारात्मक सोचको बिकास गराउदै उद्यमशिलताको बिकास र व्यक्तित्व बिकास गराउनको लागि यस “राष्ट्रिय युवा सम्मेलन २०१६”को मुख्य उदेश्य हुन आउने कुरा परिषदले जनाएको छ।