शुक्रबार, बैशाख २१, २०८१

कृषि क्रान्तिले नेपाल भूस्वर्ग बन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं आषाढ २१,  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कृषि क्रान्ति हुन ढिला भएकाले तत्काल यसमा लागनु पर्ने बताएका द्धन् । बेलैमा उचित कार्यक्रम ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सके नेपाल भूस्वर्ग हुने बताएका छन् । फोर एच नेपालद्वारा आयोजित प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले कृषिलाई आधुनिकीकरण तथा युवामैत्री बनाउनु पर्नेमा समेत जोड new_ Ramchandraदिएका छन् ।
उक्त सम्मेलन देशभरीबाट १ सय ५० युवा, कृषक तथा उद्यमीहरुको उपस्थित भएका थिए । सम्मेलनले १३ बुँदे ललितपुर घोाषणा जारी गरेका छ । घोषणा पत्रमा कृषिलाई परम्परागत व्यवसायबाट आधुनिक, सम्मानित, मार्यादित, व्यवसायिक तथा युवामैत्री बनाउनु पर्ने र, यसका लागि स्थानीय निकाय ९गाविस तथा नगरपालिकका वडास्तर० सम्म एकिकृत कृषि कार्यालय स्थापना गर्नु पर्ने माग गरेको छ । त्यस्तै वीउविजन , माटो परिक्षण, विशेषज्ञ, सीपमुलक तालिम तथा बजारीकरण समन्वय हुने कार्यालय स्थापना गर्नु पर्नेछ भन्ने लगायतका घोषणा जारी गरेको छ ।
सम्मेलनले युवाको कृषिमा सहभागीता बढाउन र व्यवसायिक बनाउन राष्ट्रियस्तरको राष्ट्रिय युवा कृषि उद्यम संजाल गठन गरेको छ । उक्त संजालको संयोजकमा लोकराज अवस्थीलाई चयन गरेको छ । सातओटा प्रदेशबाट एक एक जना रहने गरी १३ सदस्यीय केन्द्रीय कमिटि चयन गरेको छ । कृषि युवा संजालका अध्यक्ष लोकराज अवस्थीले अब राष्ट्रिय संजालले अब देशभरी कार्यक्रम संचालन गरी युवा सहभागिता बढान पहल गर्ने जनाएका छन् सम्मेलन २० र २१ गते चलेको थिए ।