शुक्रबार, बैशाख २१, २०८१

बुधवार सार्वजनिक बिदाको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहको अनुरोध

काठमाडौ आषाढ २१,  इस्लाम धर्मावलम्बीको पर्व ईद ईदुल्ल फित्र का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  गृह मन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषदले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेकोले कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पस्ट गर्नु भएको छ । साथै मन्त्रालयले विदाको सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोही–कसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख गर्दै सार्वजनिक बिदाको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृह मन्त्रालयले अनुरोधसमेत गरेको छ ।