शनिबार, बैशाख २२, २०८१

सरकारले सिफारिस कार्यान्वयन गरेन :आयोग

काठमाडौ आषाढ २०, राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । 12936531_10208403269506854_2125905440794648229_nराष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानव अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा आयोगका प्रवक्ता मोहना अन्सारीले मानवअधिकारको अवस्थाका बारेमा यथार्थ जानकारी बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै प्रवक्ता अन्सारीले मानवअधिकार संरक्षणमा आयोग प्रतिबद्ध रहेको जनाउ दिदै आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गर्नुभएको हो ।

त्यस्तै आयोगका सचिव वेदप्रसाद भट्टराईले न्यायका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन पक्ष कमजोर हुँदा सही रुपमा पीडितले न्याय र पीडकले सजायबाट वञ्चित हुनुपरेको जानकारी दिदै आयोगले भूकम्पपछि प्रभावित १४ जिल्लाको मानवअधिकारको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको छ ।